डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य


२०८३ कार्तिक ११ मंगलबार १४:१९ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले पाँच छक्का र पाँच चौका प्रहार गरे। रवि बोपारा ३२ रन तथा डान मोस्ली २९ रनमा अविजित रहे। देव खनालले १२ रनको योगदान दिए।

विराटनगरका बलर एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए।

अब विराटनगरले जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७