प्रधानमन्त्री बालेनले उद्घाटन गरे एनपीएल


२०८३ कार्तिक १० सोमबार १७:३५ बजे
तस्बिर : नेपाल फोटो सर्भिस

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन्। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्। प्रधानमन्त्री शाह खेल हेर्नसमेत उपस्थित भएपछि रङ्गशालाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसैबीच, प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ। लुम्बिनी लायन्सका बलर शेर मल्लले सुदूरपश्चिमका ब्याटर विनोद भण्डारीलाई आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएका हुन्।

साविक विजेता लुम्बिनी र सुदूरपश्चिमबीचको खेलसँगै एनपीएलको तेस्रो संस्करण सुरु भएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७