हिमाली क्षेत्रमा बदली, तराईमा हुस्सु र कुहिरो
काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण आइतबार कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
आइतबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने जनाएको छ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, राति तथा बिहानपख तराईका भूभाग, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
.gif)

.png)



