यु–१९ महिला विश्वकपको तयारीमा नेपाल : यस्तो छ तालिका
चीन र भारतमा खेल्ने
काठमाडौं : आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीलाई तीव्रता दिन नेपाली युवा महिला क्रिकेट टोलीले चीन र भारतमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्तिमार्फत टोलीले नोभेम्बरमा दुई प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो।
विश्वकपअघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव दिलाउँदै टोलीलाई तयारीका लागि थप अवसर प्रदान गर्ने उद्देश्यले यी प्रतियोगितामा सहभागिता जनाउन लागिएको हो।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपाली टोलीले पहिलो प्रतियोगिता चीनमा खेल्नेछ।

नोभेम्बर ३ देखि ८, २०२६ सम्म आयोजना हुने ‘बेल्ट एन्ड रोड यू–१९ गल्र्स टी–२० आई’ प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी हुनेछन्।
चीनको प्रतियोगिता सकिएलगत्तै नेपाली टोली भारत जानेछ। भारतको बेङ्गलोरमा नोभेम्बर १० देखि २२ सम्म आयोजना हुने त्रिदेशीय शृङ्खलामा नेपालले प्रतिस्पर्धा गर्नेछ।
उक्त शृङ्खलामा नेपाल यू–१९ महिला टोलीले भारत यू–१९ महिला ‘ए’ र भारत यू–१९ महिला ‘बी’ टोलीसँग खेल्नेछ।

दुई भारतीय टोलीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
आगामी यू–१९ महिला टी–२० विश्वकपलाई लक्षित गरेर खेल्न लागिएका यी प्रतियोगिताले नेपाली टोलीको तयारीमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लगातार दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव हासिल गर्न र टोलीको प्रदर्शन सुधार गर्न मद्दत पुग्ने विश्वास क्यानले लिएको छ।

.gif)

.png)



