विश्वकप क्रिकेट : जिम्बाब्वेसँग अस्ट्रेलिया पराजित
काठमाडौँ : भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज कोलम्बोमा भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियामाथि २३ रनको जित निकालेको छ।
पहिले ब्याटिङ गरेको जिम्बाब्वेले दुई विकेट गुमाउँदै २० ओभरमा १६९ रन बनाएको थियो । १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा सीमित भयो ।
जिम्बाब्वेको जितमा ओपनर ब्रायन बेनेट ६४ रनमा नटआउट रहे । तादिवानाशे मारुमानीले ३५, ¥यान बर्लले ३५ तथा कप्तान सिकन्दर राजाले २५ रन बनाए। अस्ट्रेलियाले अतिरिक्तका रूपमा १० रन दिएको थियो ।
बलिङतर्फ अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरन ग्रिनले समान एक–एक विकेट लिए। अन्य बलरले सफलता हासिल गर्न सकेनन् ।
अस्ट्रेलियाका म्याट रेनशले ६५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । ट्राभिस हेडले १७ र ग्लेन म्याक्सवेलले ३१ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्। जिम्बाब्वेका ब्लेसिङ मुजराबानीले चार विकेट लिए भने ब्राड इभान्सले तीन विकेट हात पारे। वेलिङटन मासाकाद्जा र र्यान बर्लले समान एक–एक विकेट लिए ।
हारसँगै अस्ट्रेलियाको दुई अंकमा सीमित भएको छ । समूह ‘बी’ मा श्रीलंका र जिम्बाब्वे चार–चार अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। आयरल्यान्ड र ओमानले दुवै खेलमा हार बेहोरेका छन्।
.gif)

.png)

