एनपीएलको टिकट मूल्य : ५ सयदेखि २ हजारसम्म

टिकट बिहीबार साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने ।


२०८३ कार्तिक ६ बिहीबार १९:३४ बजे

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। लिग चरणका खेल हेर्न साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपैयाँ तिर्नुपर्नेछ।

क्यानका अनुसार इलिमिनेटर तथा फाइनल खेलका लागि भने टिकटको मूल्य बढाइएको छ। यी खेलमा साधारण टिकटको मूल्य एक हजार र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको टिकट मूल्य सार्वजनिक गरेको हो। तेस्रो संस्करणको एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताका टिकट बिहीबार साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको क्यानले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७