एनपिएलका सबै खेललाई आइसिसीको मान्यता
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने लिगका सम्पूर्ण खेलले उक्त मान्यता पाउनेछन् ।
आइसिसीको मान्यता प्राप्त भएपछि एनपिएलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछ । यसले खेलाडीको व्यक्तिगत प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेटको अभिलेखमा स्थापित गर्न मद्दत गर्नेछ ।
क्यानका सचिव पारस खड्काले एनपिएलले ‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता पाउनुले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने बताए ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा यसपटक पनि आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
.gif)

.png)



