साढे तीन किलो थाई गाँजासहित विमानस्थलबाट भारतीय युवक पक्राउ


२०८३ कार्तिक २९ आइतबार १५:०५ बजे

काठमाडौं : साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी गत २८ कात्तिकमा दिल्लीबाट नेपाल आएका थिए । विमानस्थलमा उनको लगेज जाँच गर्ने क्रममा साढे तीन किलो थाई गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७