भारतले भन्यो : ईपिजी प्रतिवेदन अब विगत

ईपिजी प्रतिवेदनमा भारतको अनिच्छा फेरि प्रकट


२०८३ मङ्सिर ७ सोमबार २२:०३ बजे

काठमाडौं :  भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन ‘विगतको कुरा’ भइसकेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मिश्रिले ईपिजी प्रतिवेदनलाई भारतले अहिले प्राथमिकतामा नराखेको संकेत गरेका हुन् ।

‘त्यो के रे, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, म भन्छु त्यो त विगतको कुरा भइसक्यो। हामी यस विशेष मुद्दामा अगाडि हेरिरहेका छौं, पछाडि फर्किएर हेरेका छैनौं,’ उनले भने ।

मिश्रीको यो अभिव्यक्तिले नेपाल–भारत सम्बन्धका पुराना सन्धि तथा सम्झौता पुनरवलोकनका लागि तयार पारिएको ईपिजी प्रतिवेदनप्रति भारतको अनिच्छा पुनः सतहमा ल्याएको छ ।

नेपाल र भारतबीचका पुराना सन्धि–सम्झौताको पुनरवलोकन गरी समयसापेक्ष सुझाव दिन सन् २०१६ मा दुवै देशका विज्ञ सम्मिलित ईपिजी गठन गरिएको थियो ।

नेपालबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा र भारतबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीले समूहको नेतृत्व गरेका थिए । समूहले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसहित दुई देशबीचका विभिन्न द्विपक्षीय विषय समेटेर प्रतिवेदन तयार पारेको थियो ।

सहमतिअनुसार प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने योजना थियो । तर, भारतीय प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न अस्वीकार गर्दै आएको बताइन्छ ।

लामो समयदेखि अलपत्र रहेको उक्त प्रतिवेदनबारे भारतीय विदेश सचिव मिश्रिले अहिले दिएको अभिव्यक्तिले यसको कार्यान्वयनको सम्भावनामाथि थप प्रश्न उठाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७