भारत, चीन र अमेरिकासहित १० प्रस्तावित राजदूतको नाम अनुमोदन
काठमाडौं : विभिन्न मुलुकका लागि प्रस्तावित १३ राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।
बाँकी तीन जनाको नाम भने अनुमोदन हुन सकेको छैन।
समितिको बुधबार बसेको बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरव शमशेर जबराको नाम अनुमोदन गरेको हो।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि सङ्गम श्रेष्ठ र श्रीलङ्काका लागि मञ्चला झाको नाम पनि अनुमोदन भएको छ।
समितिबाट नाम अनुमोदन भएसँगै उनीहरूको राजदूत नियुक्ति प्रक्रिया अघि बढ्नेछ। बाँकी तीन प्रस्तावित राजदूतको हकमा भने सुनुवाइ र अनुमोदन प्रक्रिया टुंगिन बाँकी छ।
.gif)

.png)



