कांग्रेस पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाहीसहित तीन जना निर्वाचित


२०८३ असोज २८ बुधबार ०७:४१ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रबाट सहमहामन्त्री र केन्द्रीय सदस्यका तीन पदको मतपरिणाम सार्वजनिक भएको छ। 

मंगलबार सम्पन्न मतगणनाबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही, खुला केन्द्रीय सदस्यमा दीपकजंग शाह र महिला केन्द्रीय सदस्यमा सुशीला मिकत निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। 

उनका प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७०, नारायणप्रसाद भट्टराईले ७२१, राजन कुँवरले ३२४ र रामबहादुर बिस्टले २६० मत प्राप्त गरे।

त्यस्तै, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, खुला) मा दीपकजंग शाह २ हजार २६१ मतसहित निर्वाचित भएका छन्। 

उनका प्रतिस्पर्धी तपेन्द्र खड्काले २ हजार ४४ मत प्राप्त गर्दा कालीबहादुर सहकारीले ८७७, ईश्वरबहादुर मल्लले ७८१ र वीरेन्द्रराज गिरीले ५३४ मत पाए।

महिला केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र) मा सुशीला मिकतले २ हजार ९८६ मत प्राप्त गर्दै जित हासिल गरेकी छन्। उनकी प्रतिस्पर्धी जुना कुमारी दानीले २ हजार १० र शान्तिकुमारी बोहरा पुजाराले १ हजार ५३३ मत प्राप्त गरिन्।

तीन पदको मतगणना सम्पन्न भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७