कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा गौतमको फराकिलो जित


२०८३ असोज २८ बुधबार ०७:२४ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। 

उनले प्रतिस्पर्धी नानू बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। निर्वाचन परिणामअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गर्दा बास्तोलाले १ हजार ५५४ मत पाएकी छन्।

महिलातर्फ सहमहामन्त्रीको एक पदका लागि भएको निर्वाचनमा गौतमले सुरुदेखि नै बलियो मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो। 

महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मतगणना जारी रहँदा विभिन्न पदको परिणाम सार्वजनिक भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७