कांग्रेसको  ३५ वर्ष मुनिका केन्द्रीय सदस्यमा सचिन तिमल्सेना अगाडि, कसले कति मत पाए ?


२०८३ असोज २७ मंगलबार ०७:२४ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा खुला केन्द्रीय सदस्य पदको मतगणना जारी छ। 

सातै प्रदेशबाट प्रतिनिधित्व हुने ३५ वर्ष मुनिका युवा खुला क्लस्टरमा सचिन तिमल्सेना सबैभन्दा धेरै मतसहित पहिलो स्थानमा छन्।

२ हजार १० मत गणना हुँदा तिमल्सेनाले ९२९ मत प्राप्त गरेका छन्। 

यसैगरी दोस्रो स्थानमा रहेका सुशील भट्टले ८८२ मत पाएका छन्। त्यस्तै, इन्जिनियर अभिषेक आत्रेय ७९२ मतसहित तेस्रो स्थानमा छन्।

यस्तै आदर्श मल्लले ७८५ र डा. आयुष बगालेले ७१८ मत प्राप्त गरेका छन्। इन्जिनियर रोशन बस्नेत ६६० मतसहित छैटौँ स्थानमा रहँदा सौगात थापाले ५५२ र इन्जिनियर शैलेश मिश्रले ५२१ मत पाएका छन्।

अन्य उम्मेदवारमध्ये उषा सापकोटाले ४५८, विनोदराज जोशीले ४३९, यजशिव राईले ४३०, मदनराज उपाध्यायले ४२९, विजय गुरुङले ४१६ र श्यामराज ओझाले ३८७ मत प्राप्त गरेका छन्।

त्यस्तै, भुपेन्द्र सिंह थेवेले ३४६, सागर विकले ३३४, केशरजंग बमले ३२५, पवन आचार्यले ३१८, उस्प्रार सुनारले २८६, खगेन्द्र आचार्यले २६४ र सूर्य न्यौपानेले २५९ मत पाएका छन्।

मेघराज थापाले २३७, सुजन सापकोटाले २२९, नरबहादुर खड्का (नरेश)ले १९२, प्रकाश उप्रेतीले १५८, ओजश शर्माले १३९ र मोजाहिद हकले ९३ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

केन्द्रीय सदस्य (सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुला)
गणना भएको मतः २,०१०
१. सचिन तिमल्सेना–९२९
२. सुशील भट्ट–८८२
३. ई. अभिषेक आत्रेय–७९२
४. आदर्श मल्ल–७८५
५. डा. आयुष बगाले–७१८
६. ई. रोशन बस्नेत–६६०
७. सौगात थापा–५५२
८. ई. शैलेश मिश्र–५२१
९. उषा सापकोटा–४५८
१०. विनोद राज जोशी–४३९
११. यजशिव राई–४३०
१२. मदन राज उपाध्याय–४२९
१३. विजय गुरुङ–४१६
१४. श्यामराज ओझा–३८७
१५. भुपेन्द्र सिंह थेवे–३४६
१६. सागर विक–३३४
१७. केशर जंग बम–३२५
१८. पवन आचार्य–३१८
१९. उस्प्रार सुनार–२८६
२० .खगेन्द्र आचार्य–२६४
२१. सूर्य न्यौपाने–२५९
२२. मेघराज थापा–२३७
२३. सुजन सापकोटा–२२९
२४. नरबहादुर खड्का (नरेश)–१९२
२५. प्रकाश उप्रेती–१५८
२६. ओजश शर्मा–१३९
२७. मोजाहिद हक–९३

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७