कांग्रेस मतगणना : भण्डारी र पौडेलको अग्रता कायमै, सहमहामन्त्रीको मतगणना सुरु
डिला र डिनाबीच १८५ को मतान्तर
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न मतको मतगणना जारी छ। यसैक्रममा उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।
महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ले महालक्ष्मी उपाध्याय (डिना) लाई १८५ मतले पछि पारेकी छन्।
हालसम्म ४ हजार १०० मत गणना हुँदा उपसभापतिको खुलातर्फ भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका मधु आचार्यले १ हजार २७८ र गोविन्द भट्टराईले १ हजार ९१ मत पाएका छन्। सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन्।
उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरीले १ हजार २६ मतसहित अग्रता लिएका छन्। यस्तै जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत पाएका छन्।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल २ हजार ३९१ मतसहित अगाडि छन्। उदयशमशेर राणाले १ हजार ३३३ र सुनिलकुमार शर्माले १ हजार १७५ मत प्राप्त गरेका छन्।
यस्तै अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र सन्तोष उपाध्यायले ५७ मत पाएका छन्।
महामन्त्रीमा महिलातर्फ डा. डिला संग्रौला (पन्त)ले १ हजार ८१६ र महालक्ष्मी उपाध्याय (डिना)ले १ हजार ६३१ मत प्राप्त गरेका छन्। रिता खनालले ४२० मत पाएकी छन्।
यसैबीच आइतबार बेलुकीबाट सहमहामन्त्री पदको पनि मतगणता सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ।
.gif)

.png)



