सर्वोच्चका चार न्यायाधीश नियुक्ति गर्न न्याय परिषद् बैठक बस्दै


२०८३ असोज २० मंगलबार ०७:१८ बजे
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने उद्देश्यले आज न्याय परिषद्को बैठक बस्दैछ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा दिउँसो १ बजे परिषद्को बैठक बोलाइएको हो। 

सर्वोच्च अदालतमा हाल चार न्यायाधीशको पद रिक्त रहेकाले ती पदमा नियुक्तिका लागि आवश्यक परामर्श तथा नाम सिफारिस गर्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ।

न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशका नाममाथि छलफल गरी नियुक्तिका लागि सिफारिस गर्नेछ।

प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा रहने पाँच सदस्यीय न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का रहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७