बाढीपहिरोले अझै अवरुद्ध छन् यी राजमार्ग
काठमाडौं : बाढीपहिरोका कारण अवरुद्ध बनेका अधिकांश राजमार्ग सञ्चालनमा आए पनि देशका केही प्रमुख सडकखण्ड अझै अवरुद्ध रहेका छन्।
नेपाल प्रहरीको पछिल्लो अद्यावधिक विवरणअनुसार रसुवामा गत असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध छन्।
बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउने काम जारी रहे पनि केही स्थानमा क्षति गम्भीर रहेकाले यातायात सञ्चालन हुन सकेको छैन।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडकमा तत्काल यातायात सञ्चालन गराउन सम्बन्धित निकायले अवरोध हटाउने तथा सडक मर्मतको काम अघि बढिरहेको छ। यात्रुले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

.gif)

.png)


