क्याप्टेनमाथि चक्कु प्रहार गर्ने सहपाइलटको विगत विवादास्पद
काठमाडौं : फ्लाईदुबईको विमानमा पाइलटमाथि चक्कु प्रहार गरेको आरोप लागेका सहपाइलटको विगतमा पनि विवादास्पद गतिविधिसँग जोडिएको विवरण सार्वजनिक भएको छ।
दुबईबाट तेल अभिभतर्फ उडेको विमानमा गत सेप्टेम्बर ३० मा क्याप्टेन स्मित मच्छरमाथि सहपाइलटले चक्कु प्रहार गरेका थिए। घटनापछि विमानलाई साउदी अरबमा अवतरण गराइएको थियो।
घटनामा संलग्न सहपाइलट ओमानी नागरिक हमाम अल–हमामी भएको सीएनएन र एबीसी न्युजले जनाएका छन्। यूएईमा ओमानी बुबा र सिरियाली आमाबाट जन्मिएका उनले यसअघि ओमान एयर र रोयल एयर मारोकमा काम गरेको बताइएको छ।
अधिकारीहरूका अनुसार सन् २०२४ मा ओमान एयरमा सहपाइलट प्रशिक्षार्थीका रूपमा रहँदा हमामीसँग अतिवादी सामग्री फेला परेको थियो। त्यसपछि उनलाई उडान तालिमबाट हटाएर प्रशासनिक जिम्मेवारीमा पठाइएको बताइएको छ।
त्यसको करिब दुई वर्षपछि उनी फ्लाई दुबईको विमानमा क्याप्टेनमाथि चक्कु प्रहार गरेको घटनामा जोडिएका हुन्।
घटनामा घाइते भएका क्याप्टेन स्मित उपचारपछि यूएई फर्किसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
फ्लाई दुबईले भने सहपाइलटको पहिचानसहित घटनाका विषयमा अहिलेसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन।
.gif)

.png)


