ट्राफिक नियम उल्लंघन गर्ने ६४७ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६४७ जना सवारी चालक कारबाहीमा परेका छन्।
आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
यसरी कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने १३२ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८७ जना रहेका छन्।
यस्तै, सिसिटिभी निगरानीबाट ४६ जना र रातोबत्ती उल्लंघन गर्ने २३ जना चालक कारबाहीमा परेका छन्।
त्यसैगरी, सवारीको अवस्था ठीक नभएका २५, एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ८, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ७ र लेन क्रस गर्ने ५ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लंघनमा ३२२ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच तथा सिसिटिभीमार्फत निगरानी बढाउँदै आएको छ।
.gif)

.png)


