विपद् संसदीय विशेष समितिको सभापति चयन असोज १४ गते हुने
काठमाडौं : भोटेकोशी–त्रिशूली विपद् तथा हिमालमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते निर्वाचन हुने भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते बुधबार दिउँसो २ बजे सभापति चयनका लागि निर्वाचन हुने जानकारी गराएका हुन्।
प्रतिनिधिसभाको असोज ५ गतेको बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।
समितिमा अच्युतम लामिछाने, अनुस्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङ्मा ग्याबु शेर्पा, रमेशकुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य छन्।
समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी विषयमा अध्ययन गर्नेछ।
.gif)

.png)


