हिमालयलाई सूचनाको सिमाना होइन, सहकार्यको प्रयोगशाला बनाऔँ : प्रधानमन्त्री शाह


२०८३ असोज ९ शुक्रबार ०७:५९ बजे
तस्बिरः प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले जलवायु विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएकाले तीन देशबीच सहकार्यको संयन्त्र आवश्यक रहेको बताएका हुन्।

उनले हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल हुनुका साथै पृथ्वीको जीवनरक्षक प्रणालीको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरे।

प्रस्तावित संयन्त्रमार्फत भूउपग्रहबाट प्राप्त तथ्यांक आदानप्रदान, जोखिमयुक्त हिमतालको संयुक्त अनुगमन तथा पूर्वचेतावनी प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए।

उनका अनुसार हिमालय क्षेत्रमा कुनै विपद् आउँदा सीमापार समन्वयलाई प्रभावकारी बनाउन सके जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सकिन्छ।

प्रधानमन्त्री शाहले हिमालय क्षेत्रलाई सीमित वा खण्डित सूचनाको क्षेत्रका रूपमा नभई अन्तर्राष्ट्रिय सहकार्य र जलवायु उत्थानशीलताको प्रयोगशालाका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

उनले जलवायु परिवर्तनबाट सिर्जित जोखिमको सामना गर्न हिमालयसँग जोडिएका मुलुकहरूबीच सूचना, प्रविधि र पूर्वचेतावनी प्रणालीमा सहकार्य आवश्यक रहेको बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७