आमा बन्दै गायिका प्रविशा : श्रीमानसँग इटालीमा रमाउँदै


२०८३ कार्तिक १३ शुक्रबार १३:३२ बजे

काठमाडौं : गायिका प्रविशा अधिकारी यतिबेला जीवनको नयाँ अध्यायको प्रतीक्षामा छिन्। पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी उनी श्रीमान् निर्माण सिटौलासँग इटाली भ्रमणमा रमाइरहेकी छन्।

शुक्रबार प्रविशाले इटालीको प्रसिद्ध पर्यटकीय गन्तव्य लेक कोमोमा खिचिएका केही तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। श्रीमान्सँग रमाइरहेका उनका तस्बिरले प्रशंसकको ध्यान खिचेका छन्।

केही समयअघि प्रविशाले आफू गर्भवती रहेको खबर सार्वजनिक गरेकी थिइन्। सन् २०२७ मा आफूहरू तीन जनाको परिवार बन्न लागेको खुसी उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी थिइन्।

त्यसयता प्रविशाको गर्भावस्थासँग जोडिएका गतिविधि र तस्बिरमा प्रशंसकको चासो बढ्दै गएको छ। इटाली भ्रमणका क्रममा सार्वजनिक भएका पछिल्ला तस्बिरमा पनि उनले श्रीमान्सँगका रमाइला क्षण साझा गरेकी छन्।

उनका तस्बिरमा प्रशंसक तथा शुभेच्छुकहरूले बधाई र शुभकामना व्यक्त गरिरहेका छन्। पहिलो सन्तानको आगमनको प्रतीक्षामा रहेकी प्रविशाका लागि यो समय विशेष बनेको छ।

प्रविशा नेपाली सांगीतिक क्षेत्रमा सुमधुर स्वरका कारण परिचित छिन्। उनले गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’मा प्रशिक्षकको भूमिका निर्वाह गरेर पनि दर्शकमाझ लोकप्रियता कमाएकी छन्।

प्रविशा र निर्माणले २०७८ सालमा विवाह गरेका थिए। विवाहको केही वर्षपछि उनीहरू पहिलो सन्तानको स्वागत गर्ने तयारीमा छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७