१७ शाखा अधिकृत गृह मन्त्रालयमा सरुवा, अध्यागमनमा खटाउने तयारी
अनियमितताको आशङ्कापछि अध्यागमनमा नयाँ कर्मचारी खटाइने
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना शाखा अधिकृतलाई गृह मन्त्रालय वा मातहतका निकायमा सरुवा गरेको छ।
मन्त्रालयले असोज २९ गतेको निर्णयअनुसार उनीहरूलाई सरुवा गरेको हो। स्रोतकाअनुसार सरुवा भएका अधिकांश अधिकृतलाई अध्यागमन कार्यालयहरूमा खटाउने तयारी रहेको छ।
अध्यागमन कार्यालयमा कार्यरत केही अधिकृतको कामकारबाहीमा मिलेमतो र अनियमितताको आशङ्का देखिएपछि उनीहरूलाई फिर्ता बोलाएर नयाँ कर्मचारी पठाउने तयारी गरिएको स्रोतको दाबी छ।
यसका लागि करिब डेढ दर्जन अधिकृतलाई अध्यागमनबाट फिर्ता बोलाएर नयाँ अधिकृत खटाउने तयारी भइरहेको बताइएको छ।
तर मन्त्रालयले सार्वजनिक गरेको सरुवा निर्णयमा १७ जना अधिकृतलाई गृह मन्त्रालय वा मातहतका निकायमा पठाइएको उल्लेख भए पनि उनीहरूको अध्यागमन कार्यालयमा पदस्थापन हुने स्पष्ट खुलाइएको छैन।
नयाँ अधिकृतको पदस्थापन र अध्यागमनमा कार्यरत कर्मचारीको हेरफेरबारे मन्त्रालयबाट औपचारिक विवरण भने सार्वजनिक भएको छैन।
हेर्नूहोस् विवरणः


.gif)

.png)



