३६ इन्जिनियरको जिम्मेवारी हेरफेर, विभिन्न डिभिजनमा खटाइयो


२०८३ असोज २८ बुधबार ०९:१७ बजे

काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाअन्तर्गतका ३६ जना इन्जिनियरको सरुवा, पदस्थापन तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ।

मन्त्रालयले असोज २७ गते गरेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो। 

मन्त्रालयले उनीहरूलाई विभिन्न कार्यालय तथा आयोजनामा कामकाज गर्ने जिम्मेवारीसमेत तोकेको छ।

निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभाग, विभिन्न पूर्वाधार विकास डिभिजन, पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक सुधार आयोजनामा कार्यरत इन्जिनियरहरूको जिम्मेवारी परिवर्तन गरिएको छ।

मन्त्रालयले केही सिनियर डिभिजनल इन्जिनियरलाई विभिन्न पूर्वाधार विकास डिभिजनको प्रमुखका रूपमा खटाएको छ। 

त्यस्तै, केही इन्जिनियरलाई निमित्त डिभिजन प्रमुखको जिम्मेवारी दिइएको छ भने अन्य कर्मचारीलाई स्थानीय पूर्वाधार विकास विभाग र पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालयमा सरुवा गरिएको छ।

मन्त्रालयको निर्णयसँगै विभिन्न कार्यालय तथा आयोजनामा कार्यरत ३६ जना इन्जिनियरको कार्यस्थल र जिम्मेवारी परिवर्तन भएको छ।

हेर्नुहोस् सूची:

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७