देवानगन्जमा दुई समूहबीच झडपः एक युवक घाइते, दुई जना प्रहरी नियन्त्रणमा
सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बिपी चोकमा दुई समूहबीच झडप हुँदा एक युवक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ भएको झडपमा देवानगन्ज–१ का २४ वर्षीय निरजकुमार यादव घाइते भएका हुन्।
झडपका क्रममा यादवको पुठ्ठामा चोट लागेको प्रहरीले जनाएको छ। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगन्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादवलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र झडपमा संलग्न अन्य व्यक्तिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
.gif)

.png)

