गौशाला बजारमा झडप, प्रहरीले हान्यो १७ सेल अश्रुग्यास 


२०८२ फाल्गुण १९ मंगलबार ११:२१ बजे
सांकेतिक तस्बिर

महोत्तरीः गौशाला बजारमा बालकले कुखुरा हिर्काएको विषयमा चर्किएको विवाद नियन्त्रण लिन प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको छ ।

सोमबार साँझ महोत्तरीको गौशाला नगरपालिका–५ स्थित बजारमा ६ वर्षीय बालकले कुखुरा हिर्काएको विषयमा विवाद भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कुखुरा धनी साबिर हुसेनको घरमा आगजनी र तोडफोडसमेत भएको थियो । भिड नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय गौशालाको टोलीले अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । केही व्यक्तिलाई पहिचान गरी प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

गौशाला बजारको अवस्था मंगलबार बिहानैदेखि सामान्य बनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७