त्रिशूली र नारायणी किनारमा शव खोज्दै सुरक्षाकर्मी, अंगभङ्ग भएका ६४ शव फेला


२०८३ भदौ ११ बिहीबार ०७:१६ बजे

चितवन : चीनको तिब्बत क्षेत्रमा आएको बाढीपछि भोटेकोशी नदी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीले चितवनमा ठूलो मानवीय क्षति भएको छ। बाढीपछि नदी किनारबाट हालसम्म ६४ वटा शव तथा शरीरका विभिन्न अंग फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शव तथा अंगहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। नदीमा बाढीको बहावसँगै बगेर आएका शव कतिपय सग्लो अवस्थामा छन् भने कतिपय अवस्थामा शरीरका अंग मात्रै भेटिएका छन्। शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालको शवगृहमा व्यवस्थापन गर्नसमेत कठिनाइ भएको प्रहरीले जनाएको छ। 

शवगृहमा ठाउँ अभाव भएपछि अब फेला पर्ने शवलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने तयारी भइरहेको पौडेलले बताए। यसैबीच, तनहुँमा फेला परेका नौ शव चितवन पठाइए पनि यहाँ राख्ने पर्याप्त ठाउँ नभएपछि पुनः तनहुँ नै फिर्ता पठाइएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदी किनारमा खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्। नदीमा अझै शव तथा मानव अंग भेटिन सक्ने भएकाले खोजी कार्य तीव्र पारिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७