तीजको दिन पशुपतिनाथका चारै ढोका खुल्ने
ढोका बिहान ३ बजेदेखि खुल्नेछ
काठमाडौं : हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ २९ गते परेको तीजमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
दर्शनार्थीको व्यवस्थापनका लागि मन्दिरबाहिर पाँच वटा र मन्दिर परिसरभित्र प्रवेश गरेपछि आठवटा लाइनको व्यवस्था गरिएको छ। तीजमा महिला दर्शनार्थीको संख्या उल्लेख्य हुने भएकाले महिला सुरक्षाकर्मी थप परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।
ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिका सवारीसाधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारीसाधनका लागि भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङस्थल तोकिएको कोषले जनाएको छ।
.gif)

.png)

