सि चिनफिङ बने विश्वकै शक्तिशाली व्यक्ति, को भन्दा को शक्तिशाली ?


२०७५ बैशाख २६ बुधबार १४:५० बजे
काठमाडौं, २६ बैसाख । फोब्सले सार्वजनिक गरेको सन् २०१८ को सबैभन्दा शक्तिशाली व्यक्तिमा चिनियाँ राष्ट्रपति सि चिनफिङ पहिलो नम्बरमा परेका छन् । [caption id="attachment_50296" align="aligncenter" width="900"] फाइल फोटो[/caption] विवरणमा दोस्रो नम्बरमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । अघिल्लो वर्षको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको लागि तेस्रो नम्बरमा झरेका छन् । अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सि चौथो नम्बरमा रहेका थिए भने अमेरिकी राष्ट्रपति ट्रम्प दोस्रो नम्बरमा रहेका थिए । जर्मन चान्सलर एन्जेल मर्केल यस वर्षको सबैभन्दा शक्तिशाली महिलाको रुपमा रहेकी छिन् । समग्रमा उनी यस वर्षको चौथो सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएकी हुन् । यसअघि उनी तेस्रो नम्बरमा रहेकी थिइन् । अमेजनका मालिक जोफ बेजोस विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि विश्वको सबैभन्दा शक्तिशाली १० व्यक्तिमा पर्न सफल भएका छन् । भारतीय प्रधानमन्त्री यो सूचीको नवौं स्थानमा रहेका छन् । यो सूचीमा फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोन १२ औं स्थानमा रहँदा सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्ग १३ औं स्थानमा रहेका छन् ।फोर्ब्सले वर्षेंनी मानिसहरुको पहुँच, लोकप्रियता जस्ता मापनहरुको आधारमा सबैभन्दा शक्तिशाली व्यक्तिहरुको छनोट गर्ने गरेको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७