रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित


२०७७ जेठ १५ बिहीबार १४:०० बजे

मस्को, १५ जेठ । रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन् ।

रसियाली राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै उक्त दुबै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ ।

यी बैठकहरु सेन्टपिटर्सबर्गमा आगामी जुलाई २१ देखि २३ सम्म आयोजना हुने गरी तय भएका थिए । क्रेमलिनका अनुसार सहभागी मुलुक तथा विश्वव्यापी कोरोनाभाइरसको अवस्था पुनर्मूल्याङ्कन गरी नयाँ मिति घोषणा गरिनेछ । रासस–एएनआई

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७