राष्ट्रिय अनुसन्धानका उच्च अधिकारीमाथि नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद, लाभ र सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
चौधरीले सेवा प्रवेश तथा बढुवाका लागि भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहका शैक्षिक प्रमाणपत्र, मार्कसिट, कलेज लिभिङ, आचरण र माइग्रेसन प्रमाणपत्रलगायत नक्कली कागजात पेस गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।
ती प्रमाणपत्रका आधारमा उनी विभागको प्रमुख अनुसन्धान अधिकृत (राजपत्रांकित द्वितीय श्रेणी) सम्म बढुवा तथा पदस्थापन भई सरकारी ओहदा, लाभ र सुविधा लिएको आरोप छ ।
अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना सजाय माग गर्दै आरोपपत्र दायर गरेको हो ।

.gif)

.png)




