प्रभावितलाई ५० प्रतिशतसम्म अग्रिम बीमा भुक्तानी

पुनर्बीमकले पनि बीमकलाई अधिकतम ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था


२०८३ भदौ १८ बिहीबार १९:४५ बजे

काठमाडौं :  सरकारले रसुवा बाढी प्रभावित बीमितलाई बीमा दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘रसुवा बाढी पुनरुत्थान प्याकेज’ मार्फत यस्तो व्यवस्था गरिएको हो।

प्याकेजअन्तर्गत बाढीबाट भएको क्षतिको बीमा दाबी मूल्याङ्कनलाई छिटो र प्रभावकारी बनाउन सरल प्रक्रियाबाट सर्भेयर खटाउन सकिने व्यवस्था गरिएको छ। प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले बीमितलाई अधिकतम ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पुनर्बीमकले पनि बीमकलाई अधिकतम ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गरिएको छ। बाढीबाट भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सरल र प्रभावकारी बनाउन बीमकले संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागू गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७