संकटमा नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत दिनुपर्छ : प्रधानमन्त्री

‘शरीर थकित भए पनि विश्राम लिने छुट छैन’


२०८३ भदौ १७ बुधबार १३:३३ बजे

काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाहले शरीर थकित भए पनि अहिले विश्राम लिने छुट नभएको बताएका छन्। भोटेकोशी–त्रिशूली बाढी गएको सात दिनपछि बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको यो घडीमा सरकार दृढ संकल्प र साहसका साथ अघि बढिरहेको बताए।

सम्बोधनका क्रममा उनले आफू विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताए। भोटेकोशी–त्रिशूली बाढीका कारण ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै शाहले अझै पनि आफ्ना आफन्त फेला नपरेर बाटो हेरिरहेका नागरिकको पीडा आफूले गहिरोसँग महसुस गरेको बताए।

‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन। सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो,’ उनले भने, ‘तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा एक–आपसमा बिलौना गर्ने समय छैन।’

उनले संकटको समयमा नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए। ‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थ स्वीकारेका छौँ,’ शाहले भने, ‘दृढ संकल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको विकल्प थिएन र छैन।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७