सिप्रदी तथा भोटेकोशी पावरद्वारा उद्धार कोषमा ५ करोड १ लाख सहयोग

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्ने उद्देश्यले आर्थिक योगदानसँगै प्रत्यक्ष राहतसमेत परिचालन


२०८३ भदौ १५ सोमबार १९:४२ बजे

काठमाडौं : विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रदी समूहअन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत कार्य, स्वास्थ्य उपचार तथा बाढीका कारण क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालगायतका कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको संस्था ‘सिप्रदीयन सहायता संस्था’ मार्फत समेत प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत आवश्यकताका सामग्रीहरू वितरण गरिरहेका छन्। प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै संस्थाले स्थानीय स्तरमै समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

सिप्रदी समूहले राष्ट्रलाई संकट परेको समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गर्ने समूहले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७