एकैदिन ८ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला २ लाख ९७ हजार ३ सयमा कारोबार


२०८३ भदौ १७ बुधबार १२:१२ बजे
फाइल फोटो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा बुधबार उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यससँगै पछिल्लो कारोबारमा सुनको मूल्य ३ लाख रुपैयाँभन्दा तल झरेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ । चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७