सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो

चाँदी पनि सस्तियो


२०८३ भदौ १६ मंगलबार ११:२९ बजे
फाइल फोटो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको हो।

महासंघका अनुसार मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ निर्धारण गरिएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ७ सय ६५ रुपैयाँ मा झरेको हो।

आज १० ग्राम चाँदीको मूल्य ४ हजार ८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ रहेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७