पोखरा फाइनान्सले ल्यायो २० लाखसम्मको कृषि कर्जा योजना


२०८३ असोज १४ बुधबार २१:५४ बजे

काठमाडौं : पोखरा फाइनान्स लिमिटेडले किसान तथा कृषि उद्यमीलाई लक्षित गर्दै २० लाख रुपैयाँसम्मको ‘साना कृषि कर्जा’ सुविधा ल्याएको छ।

कृषि क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले ल्याइएको यो कर्जा कृषि तथा पशुपालन व्यवसायमा संलग्न किसान तथा उद्यमीले लिन सक्नेछन्। फाइनान्सका अनुसार कर्जाको अधिकतम अवधि १५ वर्षसम्म रहनेछ।

कर्जा सुविधा धान तथा अन्य कृषि उत्पादन, गाईभैंसी पालन, कुखुरापालन, बाख्रा तथा भेडापालनलगायतका कृषि तथा पशुपालनसम्बन्धी व्यवसायमा उपयोग गर्न सकिनेछ। त्यस्तै, कृषि यान्त्रीकरणका लागि समेत कर्जा उपलब्ध गराइने फाइनान्सले जनाएको छ।

कृषि क्षेत्रमा आवश्यक लगानीका लागि सहज वित्तीय पहुँच विस्तार गर्दै किसान तथा कृषि उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले योजना अघि बढाइएको फाइनान्सको भनाइ छ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड एकआपसमा गाभिएपछि कम्पनीले पोखरा फाइनान्सकै नामबाट वित्तीय सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार देशभर ४० वटा शाखा सञ्चालनमा छन्।

नयाँ कर्जा सुविधाले कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न चाहने साना किसान तथा उद्यमीलाई वित्तीय स्रोतको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७