माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङमा उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन

चिनियाँ टोली चिनियाँ हेलिकोप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण


२०८३ भदौ १३ शनिबार १७:१५ बजे

काठमाडौं :  बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ विज्ञ टोली परिचालन गरिएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार चिनियाँ टोली चिनियाँ हेलिकोप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको हो। चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धार कार्य अघि बढाउनेछ। संयुक्त टोलीले सुरुङभित्रको अवस्था तथा उद्धारको सम्भावनाबारे प्राविधिक अनुगमन (रेकी) गर्नेछ।

प्रारम्भिक अनुगमनबाट सुरुङभित्र फसेकाको उद्धार सम्भव हुने देखिएमा चीनको रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थलमा परिचालन गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सुरुङभित्र फसेका व्यक्तिको अवस्थाबारे यकिन गर्न तथा जोखिमको मूल्यांकन गरी सुरक्षित उद्धारको योजना बनाउन नेपाली र चिनियाँ विज्ञ टोलीले संयुक्त रूपमा काम गर्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७