बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

नदी किनारमा बाढीले बगाएर ल्याएको शवबाटै लुटेका थिए सुनको मुन्द्रा


२०८३ भदौ ११ बिहीबार १७:४१ बजे

चितवन : रसुवाको बाढीले बगाएर चितवनसम्म ल्याएको शवबाट सुनको मुन्द्रा लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चितवन प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान गरी उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१, लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५, चाँदबेला घर भई भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार उनीहरूले बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा तानेर निकालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोका आधारमा अनुसन्धान अघि बढाउँदा दुवै जनाको पहिचान खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी पौडेलले बताए।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७