भोटेकोशी बाढीः नदी प्रणालीमा निरन्तर निगरानी आवश्यक (प्राविधिक प्रतिवेदन)
तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर निगरानी आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको हो।
प्रतिवेदनअनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि बिहान ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। त्यसपछि बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना तथा सतर्कता सन्देश प्रवाह गरेको जनाएको छ।
बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीसम्म फैलिएको थियो। प्रतिवेदनअनुसार बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास पुगेको थियो भने ११ः५० बजे मलेखु बजार र दिउँसो १ बजे मुग्लिङ पार गरेको थियो। बाढी दिउँसो ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको थियो। देवघाटमा बढेको नदीको बहाव साँझ ६ः३० बजेसम्ममा घटेर सामान्य अवस्थाको करिब ४ मिटरमा फर्किएको महाशाखाले जनाएको छ। महाशाखाले आगामी दिनमा पनि भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीको अवस्था नजिकबाट निगरानी गर्नुपर्ने जनाएको छ।
हेर्नूहोस् प्राविधिक प्रतिवेदनः

.gif)

.png)

