भोटेकोशी बाढी प्रभावितका लागि आईएफआरसीको १९ करोड रुपैयाँ सहयोग गर्ने


२०८३ भदौ ११ बिहीबार ०८:४८ बजे

काठमाडौं : तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले करिब १९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

आईएफआरसीले तत्काल खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि १२ लाख अमेरिकी डलर अर्थात् १८ करोड ९६ लाख २२ हजार रुपैयाँ उपलब्ध गराउने जनाएको हो। महासंघका अनुसार रेडक्रसका स्वयंसेवकसहितको आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालन भइसकेको छ। टोलीले खोज तथा उद्धारसँगै प्रभावितलाई राहत सामग्री वितरणको कामसमेत अघि बढाइरहेको जनाएको छ।

आईएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावितसम्म तत्काल मानवीय सहायता पुर्‍याउन आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिए। महासंघले विपद्को अवस्थामा निरन्तर मानवीय प्रतिकार्यका लागि सक्रिय रहन सम्बद्ध पक्षलाई आग्रहसमेत गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७