रसुवाको टिमुरेमा उद्धारका लागि सेनाका दुई हेलिकप्टर परिचालन


२०८३ भदौ १० बुधबार १०:५५ बजे
फाइल तस्बिर

काठमाडौं : रसुवाको टिमुरे क्षेत्रमा चीनको तिब्बततर्फबाट आएको ठूलो बाढीपछि उद्धारका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर परिचालन गरिएको छ।

बुधबार बिहान टिमुरे बजारमा एक्कासि ठूलो बाढी आएको हो। बाढीका कारण टिमुरे तथा आसपासका क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उद्धारका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर त्यसतर्फ प्रस्थान गरिसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

उनका अनुसार त्रिशूली र धुन्चेमा रहेका नेपाली सेनाका बेसबाट समेत उद्धार तथा राहतका लागि टोली प्रभावित क्षेत्रतर्फ परिचालन भइरहेको छ।

आवश्यक उपचारका लागि सेनाको मेडिकल टोलीसमेत त्रिशूली अस्पतालमा रहने गरी परिचालन भइरहेको बस्नेतले बताए।

उनले बाढीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको भन्दै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७