भोटेकोशीमा भीषण बाढीपछि सबै हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन


२०८३ भदौ १० बुधबार १०:२४ बजे

काठमाडौं :  भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले उद्धार तथा राहतका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक परे तत्काल उद्धारका लागि परिचालन गर्न सकिने गरी सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको हो। प्रारम्भिक जानकारीअनुसार तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको छ। बाढीले रसुवा र नुवाकोटको सीमामा रहेको एक बजारसमेत बगाएको बताइएको छ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ। बाढीको बहाव विभिन्न जिल्लातर्फ बढिरहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा राहतका लागि सुरक्षा निकाय र सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७