गृह मन्त्रालयमा आकस्मिक बैठक

त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता


२०८३ भदौ १० बुधबार १०:३७ बजे

काठमाडौं : रसुवाको भोटेकोसी नदीमा आएको ठूलो बाढीपछि उत्पन्न अवस्थाबारे छलफल गर्न गृह मन्त्रालयमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ। 

गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा सुरु भएको बैठकमा भोटेकोसी बाढीको पछिल्लो अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने उद्धार र सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको छ।

तिब्बततर्फबाट ठूलो बाढी भोटेकोसीमा प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीको प्रभाव मुग्लिनसम्म पर्न सक्ने आकलनपछि नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। 

बाढी पूर्वानुमान महाशाखाले नुवाकोट, धादिङ र चितवनका त्रिशूली नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७