भोटेकोशी बाढी : १ हजार ४५७ को शव फेला
४ हजार ७२० जना बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीका कारण बुधबार बिहान ६ बजेसम्म १ हजार ४५७ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा १ हजार ४५५ शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो।
फेला परेका शवमध्ये रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ वटा रहेका छन्।
शव पहिचानका लागि मृतक तथा आफन्तबाट गरी ३ हजार ४१८ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। जसमा मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ८२ नमुना छन्।
डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको छ। यस्तै, पहिचान हुन बाँकी १ हजार ४४० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएका ४ हजार ७२० जनाको खोजी कार्य जारी छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार १७९ जना रहेका छन्।
.gif)

.png)


