भूकम्पीय जोखिम न्यूनीकरणदेखि बिटौरी जग्गा दर्तासम्म : यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


२०८३ असोज २३ शुक्रबार १७:२३ बजे

काठमाडौं : सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता र एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग नेपालको भूकम्पीय जोखिमसम्बन्धी विपद् ऋणपत्र (नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड) सम्बन्धी कार्यादेश सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको हो।

बैठकको जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ।

त्यसैगरी बैठकले जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी तथा कराँतेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७