३ लाख धरौटी बुझाएर गायक बाबुल गिरी रिहा
काठमाडौँ : आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौँले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि गिरी बुधबार हिरासतबाट बाहिरिएका जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उपचारको क्रममा गायिका नितु पौडेलको मृत्यु भएपछि प्रहरीले गिरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। नितु पौडेल अनामनगरस्थित गिरीकै स्टुडियोमा आत्मदाहको प्रयास गरेका अवस्थामा भेटिएकी थिइन्।
उता, पौडेलको परिवारले नितु र बाबुलबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्न गिरीले अस्वीकार गरेपछि नितुले यस्तो कदम चालेको दाबी गरेको छ।
.gif)

.png)

