प्रधानमन्त्री र भारतीय सेनाध्यक्ष सेठबीच भेटवार्ता
प्रधानमन्त्री बालेनसँग भारतीय स्थल सेनाध्यक्ष सेठको भेटवार्ता
काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहसँगै रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका उनीसँग भारतीय स्थल सेनाध्यक्ष सेठले भेट गरेका हुन्।
भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन्।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठले नेपाली उच्च अधिकारी तथा सुरक्षा नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
.gif)

.png)

