उपसभामुखको मर्यादाहीन टिप्पणी, पत्रकार किशोर श्रेष्ठलाई ‘राक्षस’ भन्दै गालीगलौज


२०८३ श्रावण २८ बिहीबार ०९:५६ बजे

काठमाडौं :  उपसभामुख रुविकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठलाई ‘राक्षस’को उपमा दिँदै सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी गरेकी छन्। बुधबार राति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनालाई लक्षित गर्दै उपसभामुख ठाकुरले फेसबुकमा श्रेष्ठमाथि गम्भीर आरोप लगाएकी हुन्। उनले पत्रकारिताको आवरणमा श्रेष्ठले महिलाहरूलाई आत्महत्या गर्न बाध्य पारिरहेको दाबी गर्दै ‘यो राक्षसलाई के गर्ने ?’ भन्दै प्रश्न गरेकी थिइन्।

ठाकुरले श्रेष्ठलाई श्रीसा कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको तथा अन्य युवतीलाई समेत आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाएकी छन्। साथै, उनले श्रेष्ठमाथि महिलाहरूको चरित्र हत्या गरेको र जनआस्थामा प्रकाशित सामग्री पत्रकार आचारसंहिताविपरीत रहेको टिप्पणी गरेकी थिइन्।

यद्यपि उपसभामुख ठाकुरले उक्त पोस्ट पछि हटाएकी छन्। तर, उनले लेखेको सामग्रीको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। उनको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले भने रिहाइको माग गर्दै आन्दोलन घोषणा गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७