भारत–चीनका राजदूतसँग भेट्दै प्रधानमन्त्री


२०८३ श्रावण २५ सोमबार ११:११ बजे

काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूतसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत श्रीवास्तवसँग भेट गर्नेछन्। भारतीय राजदूतसँगको भेटलगत्तै उनले चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री नियुक्त भएपछि गत चैत १३ गते शाहले नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। चैत २५ गते भएको उक्त भेटमा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

त्यसअघि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञहरूसँग एक्लाएक्लै भेट नगर्ने नीति लिएका थिए। तर, पछिल्लो पटक असार २३ गते उनले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

भारतीय र चिनियाँ राजदूतसँगको भेटपछि प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७