कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज
देउवाले सम्बोधन गर्ने
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
स्वास्थ्य उपचारका लागि करिब पाँच महिना विदेशमा रहेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए। काठमाडौं फर्किएपछि उनलाई कांग्रेस नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए।
राष्ट्रिय भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रमा विभिन्न विषयमा छलफल गर्दै पार्टीका आगामी नीति तथा कार्यक्रम तय गरिने नेताहरूले बताएका छन्।
भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।
.gif)

.png)



